सुर्खेतमा महिला र बालबालिकामाथि शारिरीक र मानसिक दुव्र्यहार

Posted on: 31 Dec, 2017

पुस १६, सुर्खेत । सुर्खेतका महिला तथा बालबालिकामा सबैभन्दा बढी शारिरीक र मानसिक दुव्र्यहार हुने गरेको एक तथ्याङ्कले देखाएको छ । 

महिला तथा बालबालिकाको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको आवाज संस्था सुर्खेतले वीरेन्द्रनगरमा सार्वजनिक गरेको तथ्याङ्कले यस्तो तथ्य देखाएको हो ।

आइतबार वीरेनद्रनगरमा पत्रकार सम्मेलन गरी संस्थामा सन् २०१७ भरीमा परेका महिला तथा बालबालिका सम्बन्धी मुद्दाको बारेमा जानकारी संस्थाका संस्थापक अध्यक्ष ईराधा गौतम पराजुलीले सबैभन्दा बढी शारिरीक तथा मानसिक दुव्र्यवहार सम्बन्धी मुद्धा रहेको बताईन् ।

यो अवधीमखा संस्थामा दर्ता भएका जम्मा २ सय ६४ मुद्दामध्ये सबैभन्दा बढी १ सय १८ वटा मुद्दा शारिरीक तथा मानसिक दुव्र्यहार सम्बन्धी रहेको उनले जानकारी दिईन् । उनका अनुसार शारिरीक यातना पनि महिला तथा बालबालिकामाथि बढी नै हुने गरेको देखिन्छ । संस्थामा शारिरीक यातना भएको भनी ६३ वटा मुद्दा दर्ता भएका छन् भने वहुविवाह सम्बन्धी मुद्दा २६ वटा दर्ता भएको अध्यक्ष गौतमले जानकारी दिईन् ।

अंग्रेजी वर्षको अन्तिम दिन सार्वजनिक गरिएको तथ्याङ्क अनुसार यो एक वर्षभरीमा सम्बन्ध विच्छेदका २१ वटा मुद्दा दर्ता भएका छन् भने अवसरबाट वञ्चितसम्बन्धी १२ वटा मुद्दा परेका छन् । अध्यक्ष गौतमका अनुसार बालविवाह र बलात्कारसम्बन्धी मुद्दा सात÷सात वटा यो एकवर्षभित्र दर्ता भएका छन् । 

त्यसैगरी यौन शोषणसम्बन्धी ४, बच्चा हराएको भनी ३, सामाजिक कुप्रथाका कारण भोग्नुपनरेको यातनासम्बन्धी २ र बेचविखनसम्बन्धी एउटा मात्रै मुद्दा यो वर्ष आवाज संस्थामा दर्ता भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!