काठमाडौँमा मोटरसाइकल दुर्घटना हुँदा बाग्लुङका युवाको मृत्यु

Posted on: 01 Jan, 2018

पुस १७, काठमाडौँ । लैनचौरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

आज बिहान ४:०० बजे लैनचौरमा बा९०प १४०० नंको मोटरसाइकल अनियन्त्रित भइ सडकको पेटिमा ठक्कर खाई दुर्घटना हुँदा बाग्लुङ घर भई हाल बोहराटार बस्ने २५ वर्षका साजन ठकुरीको मृत्यु भएको हो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता उमेश रञ्जीतकारले तीव्र गतिमा चलाएको मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको बताउनुभयो । दुर्घटनामा गम्भीर घाइते भएका ठकुरीको उपचारका क्रममा ५: १५ बजे शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!