सिरहामा करेन्ट लागेर एकको मृत्यु

Posted on: 01 Jan, 2018

पुस १७, सिरहा । करेन्ट लागेर गएराति सिरहाको लहान नगरपालिका–१३ मा एक जनाको मृत्यु भएको छ । 

आफ्नै घरको कलमा जोडेको मोटरबाट करेन्ट लागेर लहान नगरपालिका– १३ निवासी ४० वर्षीय रामचन्द्र महतोको मृत्यु भएको हो । 

करेन्ट लागेर गम्भीर घाइते भएका महतोलाई उपचारको लागि लहान अस्पताल लैजाने क्रममा बाटैमै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस 

 


यस बिषयमा तपाइको प्रतिक्रिया...!