दाङमा श्रीमतीको खुकरी प्रहारबाट श्रीमान गम्भीर घाईते, शौचालयभित्र लडेर एकको मृत्यु

Posted on: 01 Jan, 2018

पुस १७, दाङ । दाङमा श्रीमतीको खुकुरी प्रहारबाट श्रीमान गम्भीर घाईते भएका छन । 

घाईते हुनेमा दाङको लमही नगरपालीका ५ बस्ने सुनिल खड्का रहेका छन । उनलाई श्रीमती सिटिजा खड्काले घरायसी विवादमा गयराती खुकुरी प्रहार गरेकि हुन । 

माईती घर गढवा गाउपालीका १ धानखोलामा श्रीमान र श्रीमतिविच विवाद भएको बताइएको छ । खुकुरी प्रहारबाट श्रीमानको टाउकोमा गहिरो चोट लागेको छ । 

उनको लमहि अस्पतालमा सामन्य उपचारपछि थप उपचारका लागि कोहलपुर लगिएको प्रहरीले जनाएको छ । श्रीमती सिटिजालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

शौचालयभित्र लडेर एकको मृत्यु 

दाङमा शौचालय गएको बेला लडेर एक पुरुषको मृत्यु भएको छ । 

तुल्सीपुर उपमहानगरपालिका १७ का ५५ वर्षीय कोमल रिजाल शौचालय गएका बेला लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

आफ्नो घर निर्माणकै क्रममा रहेकाले उनी तुलसीपुर उपमहानगरपालिका १९ विजौरीमा कृष्ण खड्काको घरमा छोरासंगै डेरामा बस्दै आएका थिए । 

रिजालको शव पोस्टमार्टमका लागि अञ्चल अस्पताल तुलसीपुरमा राखिएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!