नयाँ वर्ष मनाउन गएकी युवती होटलमै बलात्कृत, सीता एयर म्यानेजर पनि मुछिए

Posted on: 01 Jan, 2018

पुस १७, काठमाडौँ । नयाँ वर्ष मनाउन साथीसँग होटलमा पुगेकी एक युवती बलात्कृत भएकी छन् । 

सुर्खेतरोडस्थित होटल सिग्नेटमा आइतबार न्यु इयर पार्टीको आयोजना गरियो । घटनामा सीता एयर नेपालगञ्जका स्टेशन म्यानेजर मनोज गिरी भारती पनि मुछिएका छन् । 

सुर्खेत घर भइलामो समयदेखि होटल सिग्नेटमा बस्दै आएका मनोजले आइतबार सुर्खेतका ४३ वर्षीय निरज गुरुङका साथै केही महिला साथीहरुलाई त्यहि होटलमै बोलाए ।


होटल प्रशासनका अनुसार मनोज ३२१ कोठामा बसेका थिए भने गुरुङ ३०५ मा बसेका थिए । मदिरा सेवन गरेका गुरुङले मध्यरातमा कोठा नम्बर ३०५ मा बसेकी युवतीलाई बलात्कार गरेका छन् । पीडित युवती मनोजको आमन्त्रणमा नै होटल गएकी थिइन् ।

मनोज आफ्नो कोठामा प्रवेश गरेर मादिराको बोटल देखाएर धम्क्याएको र बलात्कार गरेको पीडित यूवतीको बयान छ । उनले बाथरुममा लुकेर प्रहरीलाई फोन गरेको र उनको उद्दार गरेको बाँकेका निमित्ति प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र अर्यालले जानकारी दिए ।

बाँके प्रहरीले बलात्कारको अभियोग लागेका निरज गुरुङसँगै मनोजलाई पनि हिरासतमा लिएको छ । प्रहरीले अनुसन्धानको लागि होटलका सिफ्ट म्यानेजर कपिल रञ्जुलाई समेत नियन्त्रणमा लिएको छ ।

पीडित युवती र गुरुङको मेडिकल जाँच गराइएको र रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धानका लागि प्रहरी जुटेको छ । सीता एयर नेपालगञ्जका स्टेशन म्यानेजर मनोज पनि घटनामा संग्लन हुनसक्ने प्रहरीको अनुमान भए पनि सत्यतथ्य बाहिर आउन बाँकी नै रेहको बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!