बाँदर भनेर हानेको बन्दुक गोली मान्छेलार्इ लागेपछि…

Posted on: 02 Jan, 2018

पुस १८, पाल्पा । पाल्पाको तिनाउ गाउँपालिकास्थित मस्याम जंगलमा बाँदरलाई भनेर भरुवा बन्दुक चलाउँदा मान्छेलाई लागेपछि एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६ का ६२ वर्षीय धनबहादुर थापा छन् । बन्दुक प्रहार गर्ने स्थानीय ३६ वर्षीय बलबहादुर लम्तरीलाई प्रहरीले पक्राउ गरेको छ । 

सोमबार उनले घर नजिकैबाट जंगलमा बाँदर जस्तो ठानेर भरुवा बन्दुक चलाउँदा थापाको घटनास्थलमै मृत्यु भएको थियो ।

अहिले प्रहरी चौकी प्रभाषको टोलीले घटनाको बारेमा थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!