तुलसीपुर कारागारमा बन्दी जीवन बिताइरहेकी महिलाले बच्चा जन्माइन

Posted on: 02 Jan, 2018

पुस १८, दाङ । दाङको तुलसीपुर कारागारमा बन्दी जीवन बिताइरहेकी एक महिलाले मंगलबार बच्चा जन्माएकी छन् । 

घोराही उपमहानगरपालिका घर भएकी शारदा खौसिया थारुले कैदी भएकै अवस्थामा तुलसीपुरमा छोरी जन्माएकी हुन् । गत जेठ महिनामा ठगि मुद्धामा जेल परेकी थारुले मंगलबार राप्ती अञ्चल अस्पताल तुलसीपुरमा बच्चा जन्माएको तुलसीपुर कारागारका जेलर देवेन्द्र श्रेष्ठले जानकारी दिए । 


उनले सुत्केरी थारुलाई कारागारभित्र बस्ने गरी व्यवस्था मिलाइएको बताए । मुद्धा चलिरहको छ । त्यसको फैसला नहुँदासम्म उनी यतै रहन्छिन्, श्रेष्ठले भने, 'जेलभित्र सुत्केरीले पाउने सेवा सुविधा र स्याहार पनि सबै पाउने छन् ।'

कैदी बन्दीसँग काम गरिरहेका समाजसेवी टोपबहादुर महतराले थारुको सम्पूर्ण सुत्केरी खर्च आफूले व्यहोर्ने बताएका छन् । सुत्केरी खर्च व्यक्तिगत तर्फबाट सहयोग गर्ने योजना बनाएको छु उनले भने , 'बन्दी जीवन बिताइरहेका महिला सुत्केरी हुँदा थेरै कठिनाई हुने भएकाले यो निर्णय गरेको हुँ ।' उनले सुत्केरीका लागि अस्पतालदेखि कारागारसम्मको सम्पूर्ण खर्च आफूले व्यहोर्ने बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!