बराहतालमा भिक्षाटन पहिलो दिनमै १३ हजार

Posted on: 02 Jan, 2018

पुस १८, सुर्खेत । सुर्खेत सदरमुकाम वीरेन्द्रनगर देखि पश्चिम तर्फ पर्ने बराहताल गाउपालिकामा भिक्षाटन कार्यक्रम सुरु भएको छ । 

बौद्धिष्टहरुको अगुवाईमा बराहताल गाउपालिकाको वडा नं. ५ बड्ढीचौरमा भिक्षाटन कार्यक्रम सुरु भएको हो ।


बोधीज्ञान तपभूमी बुद्धविहारले यहि १८ गते मंगलबार देखि भिक्षाटन कार्यक्रम सुरु गरेको छ । 

समुदाय स्तरमा शान्तीमैत्री र शद्भाव फैलाउने उद्देश्यले वराहताल गाउपालिका वडा नं.५का वडा अध्यक्ष तिलक मस्यांघी र बौद्ध विहारका पदाधिकारीको संयुक्त अभियानमा संचालित भिक्षाटनमा पहिलो दिन करिब १३ हजार ५ सय ७७ नगद रकम र १ क्वीन्टल चामल संकलन भएको वडा अध्यक्ष मस्यांघीले बताउनु भएको छ ।

भिक्षाटन कार्यक्रमबाट संकलन भएको दान लाभदायक मुलक काममा खर्चगर्ने आयोजकले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!