हलेसी बजारमा भिषण आगलागी: ओखलढुंगाबाट दमकल झिकाईयो, राजधानीमा हेलिकोप्टर तयारीमा

Posted on: 02 Jan, 2018

चिसाङ शेर्पा/पुस १८, खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका हलेसी बजारमा भईरहेको भिषण आगलागीले उग्र रुप लिईरहेको छ । 

पुर्बको पशुपतिनाथले प्रसिद्ध धार्मिक तथा पर्यटकियस्थल हलेसी महादेवस्थान ७ का व्यवसायी मगम राईको घरबाट सुरु भएको आगोले उचितबहादुर राई, प्रकाशचन्द्र गिरी, तम्बराज राई, लगायत ६ घर नष्ट भइसकेको छ ।


ग्याँस पड्किरहेकाले आगो नियन्त्रण बाहिर गएको प्रहरीले जनाएको छ । मंगलबार राती साँढे ७ बजेपछि सुरु भएको आगो इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी र स्थानीयबासीले नियन्त्रणको प्रयास गरिरहेको छ । 

आगो नियन्त्रण बाहिर भएकाले जिल्लाबाट प्रहरी नायव निरिक्षक चन्द्र भुषण यादब जनपथ प्रहरी, शसस्त्र प्रहरीको थप टोली लिएर राती ९: ३० बजे हलेसी हिडेका छन् । 

रुपाकोट मझुवागढी नगरपालिकाको दमकल १ घण्टा अगाडी हलेसी हिडेको छ । भने, ओखलढुंगाबाट १ वटा दमकल खोटाङ हिडेको छ । शेरगण मुढे ब्यारेकबाट ३५ जना नेपाली सेना घट्नास्थलमा पुगेको प्रमुख जिल्ला अधिकारी एकदेब अधिकारीले बताउनुभयो । सिडिओका अनुसार मानविय दुर्घट्ना, घाईतेका लागि राजधानीमा हेलिकोप्टर तयारी राखिएको बताए ।  

पानीको चरम अभाव भएकाले तत्कालका लागि माटो खन्न तथा घर भत्काउन स्काईभेटर पनि हलेसी पुगेको छ । आगलागी नियन्त्रणका लागि प्रविधि नहुंदा आगोलाई छिटो नियन्त्रणमा लिन नसकिएको प्रजिअ अधिकारीले बताए । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!