खोटाङ हलेसीको आगलागी ४ घण्टापछी नियन्त्रणमा, ५ घर जलेर नष्ट

Posted on: 03 Jan, 2018

चिसाङ शेर्पा | पुस १९, खोटाङ | खोटाङको हलेसी तुवाचुङ नगरपालिका हलेसी बजारमा भएको आगलागी नियन्त्रणमा आएको छ । पुर्बको पशुपतिनाथले प्रसिद्ध धार्मिक तथा पर्यटकियस्थल हलेसी महादेवस्थान ७ का व्यवसायी मगम राईको घरबाट मंगलबार राती साँढे ७ बजेपछि सुरु भएको आगोले उचितबहादुर राई, प्रकाशचन्द्र गिरी, तम्बराज राई, लगायत ५ घर जलेर नष्ट भइसकेपछि ४ घण्टामा आगलागी नियन्त्रणमा आएको छ । 

खाना पकाउने ग्याँस पड्कीएर शुरु भएको आगोलाई जलेका बाहेक अन्य आसपासका घरलाई स्काईभेटरद्धारा एकाएक घर भत्काईएपछि आगो नियन्त्रणमा आएको खोटाङका प्रमुख जिल्ला अधिकारी एकदेब अधिकारी बताउनुभयो । सामान्य रुपमा भएका आगोलाई नेपाली सेना, प्रहरी, शसस्त्र प्रहरी र स्थानियले नियन्त्रण गरिरहेका छन् । स्थिती खतरामुक्त भएको छ । त्यहाँ रेडक्रस, स्वास्थ्यको टोली खटाईएको छ ।  

आगलागीबाट मानविय क्षति भने भएको छैन । धनजनको ठुलो क्षति भए पनि यक्किन तथ्याङक निकाल्न समय लाग्ने प्रहरीले बताएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेधीका अनुसार बुधबार विहान जिल्ला प्रशासन, रेडक्रस, स्वास्थ्य, गैसस महासंघ, सबलको आपतकालिन बैठक बस्ने बताउनुभयो । बैठकले क्षतिका प्रकृती अनुसार क्षतिपुर्तीको निर्णय निकालिने सहायक प्रजिअ सुबेदीले बताए । 

आगलागी स्थलमा जिल्लाबाट प्रहरी नायव निरिक्षक चन्द्र भुषण यादब जनपथ प्रहरी, शसस्त्र प्रहरीको थप टोलीसहित राती ९ ः ३० बजे हलेसी हिडेका छन् । रुपाकोट मझुवागढी नगरपालिकाको दमकल हलेसी पुगेको छ । भने, ओखलढुंगाबाट जिल्ला आएको दमकललाई फर्काएको छ । 

यस्तै, शेरगण मुढे ब्यारेकबाट ३५ जना नेपाली सेना घट्नास्थलमा पुगेका छन् । प्रमुख जिल्ला अधिकारी एकदेब अधिकारीेका अनुसार मानविय दुर्घट्ना, घाईतेका लागि राजधानीमा हेलिकोप्टर तयारी राखिएको छ ।  आगलागी नियन्त्रणका लागि प्रविधि नहुंदा आगोलाई ढिलो नियन्त्रणमा लिन सकिएको प्रजिअ अधिकारीले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!