बिद्यालयमा खानेपानी, सरसफाई र पोषण अबस्थाको बारे अनुगमन

Posted on: 03 Jan, 2018

कमल रावल | पुस १९, अछाम | सिडिएमए नेपालको बिद्यालय खानेपानी सरसफाई पोषण तथा स्वच्छता प्रर्वदन कार्यक्रमको जिल्लाबाट गएको सरोकारवालाको टोलीले अनुगमन गरेको छ । 

शिक्षाका लागि खाद्य कार्यक्रमको अनुगमनका लागि  गएको टोलीले मेल्लेख गाउपालिकामा रहेको भवानी प्रावि र खापर प्रावि चौखुट्टेको अनुगमन गरेको हो । अनुगमन टोलीले बिद्यालयमा खानेपानी, सरसफाइको अवस्था राम्रो रहेको निष्कर्ष निकालेको छ । सिडिएमए नेपालले पोषणको क्षेत्रमा राम्रो काम गरेकाले यस्ता कार्यक्रमले आगामी दिनमापनि निरन्तरता पाउनुपर्नेमा जोड दिएका छन । 

अनुगमन टोलीमा जिल्लाका सरोकारवालाको सहभागीता रहेको थियो । बिद्यालयहरूले आफनो बिदालयमा बिद्यार्थी अनुपातमा भवनको अभाव रहेकाले यस तर्फ कसैले पनि ध्यान नदिएको गुनासो गरेका थिए । प्रअ मनिराज खड्काको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता दिर्घराज खड्काले गर्नु भएको हो । अनूगमनमा शिक्षाका लागि खाद्य कार्यक्रमका ईकाई प्रमुख बिद्या सागर महतो, जिल्ला खानेपानी कार्यालयका प्रमुख खकेन्द्र प्रसाद रेग्मी, जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत चक्र कुवर लगाएतको सहभागिता रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!