२४ र २५ गते दाङमा सडक नाटक प्रदर्शन हुने

Posted on: 03 Jan, 2018

पुस १९, दाङ । लागुऔषधले व्यक्ति र समाजलाइ गर्ने हानी र व्यक्तिलाइ दुव्र्यशनीमा फस्नबाट बचाउने प्रयास स्वरुप दाङमा सडक नाटक देखाइने भएको छ । 

यस अघि गत पुसको ११ र १२ गते शान्तिनगरमा देखाइने भनेको नाटक स्थगीत भएको थियो । र अव यहि पुसको २४ र २५ गते शान्तिनगर गाउँपालिकाको ४ स्थानमा दुव्र्यशनी विरुद्ध सडक नाटक प्रदर्शन गरिने भएको विष्णुदेवी फाउण्डेशन दाङले जानकारि दिएको छ ।

गाउँपालिकाको सहयोगमा लागुऔषध दुव्र्यशनी विरुद्धको चेतनामु्लक सडक नाटक र सांस्कृतीक कार्यक्रम गर्न लागीएको फाउण्डेशनका कार्यक्रम संयोजक निराश पाण्डेले बताएका छन् । उनका अनुसार पुसको २४ गते शान्तिनगर ७ को शिवशक्ति मावि धनौरि र शान्तिनगर ६ को निमावि सुनडबरिमा कार्यक्रम गरिने छ ।

यस्तै शान्तिनगर २ को जनकल्याण उमावि सिमसुन्दरपुर र गाउँपालिकाको कार्यालय चिराघाटमा २५ गते सडक नाटक सहितको चेतनामुलक सांस्कृतीक कार्यक्रम देखाइने पाण्डेले बताएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!