यी हुन् आफूसंगै सुतेका दुई साथीलाई हत्या गर्ने लिम्बु, श्रीमतीलाई फोन गर्दा प्रहरीको फन्दामा

Posted on: 04 Jan, 2018

पुस २०, कास्की | कास्कीको सराङकोटमा निर्माणधीन एक होटलमा दुई युवाको हत्यामा संलग्न एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले हत्याको अभियोगमा धनकुटाबाट २३ वर्षीय सागर भनिने पूर्णबहादुर लिम्बुलाई पक्राउ गरेको हो।

गत आइतबार ‘माउन्टेन रिसोर्ट एण्ड स्पा’ निर्माणमा खटिएका मजदुर १५ वर्षीय निमाछिरी शेर्पा र ३८ वर्षीय आङलाक्पा शेर्पा हत्या भएको थियो। मारिएका दुवै भोजपुरका हुन् ।

प्रहरीका अनुसार लिम्बु दुवै जनाको हत्या गरी उनीहरुको मोबाइल लिएर फरार भएका थिए । 

कसरी पक्राउ परे लिम्बु ? 


साथीहरुको हत्या गरेर उनीहरुको मोबाइल लिएर फरार भएका लिम्बुलाई प्रहरीले मोबाइलको आइएमइआइ नम्बरको आधारमा ट्रेस गर्दा हटौडा पुगेको देखियो । त्यहाँ पुगेर उनले  नयाँ नम्बर लिए तर हत्या पछी लिएर भागेको मोबाइलमै सिम हाले । उनले हालेको नयाँ सिमकै आधारमा उनि हेटौडाबाट सिधै धनकुटा लागेको प्रहरीले पत्ता लाग्यो ।

धनकुटा छतर जोरपाटी पुगेपछि उनले पटकपटक श्रीमतीलाई फोन गरे । श्रीमतीसँगको सम्पर्क र मोबाइल ट्र्याकको आधारमा नै प्रहरी सागर सम्म पुग्न सफल भयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!