सल्यानमा खुट्टाको क्यान्सर भएका छोराको उपचारका लागी सहयोग माग्दै बुबा

Posted on: 05 Jan, 2018

पुस २०, सल्यान । सल्यानमा छोराको खुट्टामा क्यान्सर भएपछि बुबाले सबैलाई सहयोगको लागि अपिल गरेका छन् ।

जिल्लाको दार्मा गाँउपालीका वडा नम्बर ३ झुलेली वस्ने पट बहादुर वुढाथोकीले १४ बर्षिय छोरा कमल वुढाथोकीको वाँया खुट्टामा क्यान्सर भएका कारण उपचारका सहयोगको लागि सबैलाई आग्रह गरेका छन् ।

कमललाई उपचारका लागि ५ लाख खर्च लाग्ने भएकाले सहयोग गरिदिन बुबा पट बहादुरले सबैलाई आग्रह गरेका छन् । छोराको वि.पि.कोइराला मेमोरियल क्यान्सर हस्पिटल भरतपुर चितवनमा अप्रेसन भई अहिले सम्म दश लाख खर्च भैसकेको उनले बताएका छन् ।


पट बहादुरले भने’ –‘घरको सबै सम्पत्ती वेचि सकियो, अव थप उपचार गर्नेको लागी आफ्नो पारीवारीक स्थितिले नस्कने भएको छु, । छोराको भविष्यको जिवन उज्जोल बनाउनको लागी सहयोयको अपिल गर्दछु ।’ उनले पैसाको अभाब भएपछि अहिले छोरा घरमै उपचारको अभाबमा छटपटाईरहेको बताएका छन् । २०७३ को फागुनमा क्यान्सर हस्पिटल भरतपुर चितवनमा क्यानसर राग पत्ता लागीसके पछि बुढाथोकीको छोराको खुट्टामा काटिएको थियो ।

उनले आफु छोराको निरन्तर उपचारमा लागीरहेको बताएका छन् । 

उपचार गर्दा गर्दा गर्दै आफु सँग भएको दश लाख रुपैया सकिएको र अब ५ लाख लाग्ने भएकाले आफु संग त्यो पैसा नभएको बताएका छन् । उपचार गर्न जान, बस्न, खानसमेत पैसाको अभाब रहेकाले बुढाथोकीले दार्मा गाउँपाकाको कार्यलयमा सहयोग मागेको र २० हजार दिने निर्णय भएको उनले बताए ।


उनले सहयोग गर्ने चाहदे ईच्छुक समुह, संस्था, वा ब्क्तिलाई लक्ष्मी वैङ्कको खाता नम्वर ०४०४३००१४८२ मा जम्मा गरी दिनुहुन वा मा सम्पर्क नम्वर ९८२२८०३४१८ अनुरोध गरेका छन् ।

उनले आफ्नो छोराको उपचारमा सहयोग गरीदिनु हुन देश तथा विदेशमा रहरेका सम्पुर्णले आफनो सक्दो सहयोग गर्न अपिल गरेका छन् । सरिता चलाउनेको सहयोगमा 


यस बिषयमा तपाइको प्रतिक्रिया...!