अज्ञात समुहको गोली प्रहारबाट व्यवसायी पौडेलको निधन

Posted on: 05 Jan, 2018

पुस २१, काठमाडौँ । रुपन्देहीको देवदह नगरपालिका भेकाबारमा फर्निचर व्यवसायी बसन्त पौडेल बलुको मृत्यु भएको छ । 

गोलीप्रहारबाट घाइते भएका पौडेलेको उपचारका क्रममा मृत्यु भएको हो । अज्ञात समूहको गोली प्रहारबाट घाइते पौडेलको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारका क्रममा निधन भएको प्रहरीले जानकारी दिएको छ ।  

मोटरसाइकलमा आएको समूहले करिब ११ बजे गोली हानेर रोहिनी खोलातिर भागेको बताइएको छ । पौडेल काठ मिल सञ्चालक समेत रहेकाले लेनदेनको विवादका कारण गोली हानिएको हुन सक्ने प्रहरीको अनुमान छ ।

बुटवलमा केही समयअघि अज्ञात समूहकै गोली प्रहारबाट युवा संघका अध्यक्ष दुर्गा तिवारीको हत्या भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!