परिवर्तित सन्दर्भमा नागरिक समाजको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम लिवाङमा सम्पन्न

Posted on: 05 Jan, 2018

मनिषा राई/पुस २१, रोल्पा । राजनैतिक परिवर्तनसंगै नागरिक समाजको भूमिका समेत वदलिएको रोल्पाको लिवाङमा शुक्रबार आयोजित एक कार्यक्रमका सहभागिहरुले औल्याएका छन । 

मानव अधिकार तथा कानूनी सेवा केन्द्र (हरप्लेस) रोल्पाले शुक्रवार आयोजना गरेको रोल्पा जिल्लामा नागरिक समाजको अवस्था र परिवर्तित सन्दर्भमा नागरिक समाज संघ, संगठनको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमका वोल्ने वक्ताहरुले सो कुरा वताएका हुन । 

देशमा राजनैतिक परिवर्तन भएको औल्याउदै अव नागरिक समाजले जनतको हक अधिकारको विषयमा वकालत गर्दै राज्यसंग मिलेर जानु पर्ने जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजवहादुर वुढाको सुझाव थियो । 

नागरिक समाजको रचनात्मक र आलोचनात्मक सहयोगको अझै वढेर गएको वुढाको भनाई थियो । कार्यक्रमका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले गैर सरकारी संस्थाहरुको पारदर्सिता माथि पटक पटक प्रश्न उठ्ने गरेको वताउनुभयो । 


एउटै जिल्लामा सयौंको संख्यामा गैर सरकारी संस्थाहरु दर्ता रहेकाले उनीहरुले गरेको कामको स्थानीय प्रशासनले अनुगमन गर्न संभवन नरहेको वताउनुभयो । लोकतन्त्रका नागरिक समाजको भूमिकालाई कम आक्न नसकिने डा. भट्टराईको भनाई थियो । 

राजनैतिक परिवर्तन संगै नागरिक समाजको रुपान्तरण समेत जरुरी रहेको सुशासन विज्ञ कृष्ण पाठकको तर्क थियो । स्थानीय सरकार प्रति जनताको ठूलो अपेक्षा रहेकाले सो पुरा नभए जनता प्रति ठूलो नैराश्यता आउने खतरा रहेको पाठकको भनाई थियो । गरिवको झुपडी सम्म लोकतन्त्र पुगेको प्रत्याभूती दिन नागरिक समाजले राज्यलाई सहयोग गर्नु पर्ने उहाँको तर्क थियो । 

द्धन्दकालिन समयमा राज्य र विद्रोही पक्षवाट आफुहरु निकै प्रताडित भए पनि आफ्नो भूमिका सधै शान्ति स्थापनाका लागी हुने गरेको नागरिक समाज रोल्पाका संयोजक घनश्याम आचार्यले स्मरण गर्नुभयो । 

हरेक पटक भएका राजनैतिक परिवर्तनमा नागरिक समाजको भूमिका सशक्त रहे पनि व्यवस्था परिवर्तन संगै नागरिक समाजलाई भूमिका विहिन वनाउन खोजेको आचार्यको आरोप थियो । कार्यक्रममा गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रीय सदस्य एवम ५ नंवर प्रदेश ईन्चार्ज शोभाराम डाँगीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । 

अग्रगमन, लोकतन्त्र र शान्ति स्थापनाका हरेक आन्दोलनहरुमा नागरिक समाजको भूमिका सधै सशक्त रहेको कार्यपत्रमा औल्याइएबको थियो । 

जिल्ल समन्वय समिति रोल्पाका प्रमुख राजवहादुर वुढाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण हरप्लेस रोल्पाका कार्यक्रम संयोजक खेम वुढामगरले गर्नु भएको थियो ।

कार्यक्रममा पत्रकार, नागरिक समाजका प्रतिनिधि, सरकारी तथा गैर सरकारी निकायका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!