मोटरसाईकलको ठक्करबाट एक महिलाको मृत्यु

Posted on: 05 Jan, 2018

इन्द्र बुढाथोकी/पुस २१, सुर्खेत । सिम्ता गाउँपालीका वडा ६ राकममा मोटरसाईकलको ठक्करबाट १ जनाको ज्यान गएको छ । 

जामुने वजारदेखि सल्यान सल्लीवजार आउँदै गरेको भे ६ प ७७५७ नं को मोटरसाईकलले ठक्कर दिदाँ सिम्ता गाउँपालीका वडा ६ राकम निवासि ४९ वर्षिया जयभद्रा शाहीको मृत्यु भएको छ । शाहि पिठ्युँ मा भारि बाेकेर सडक क्रस गर्दै गर्दा तीब्र गतिमा हुइकेको बाइकले ठक्कर दिएको थियोे ।


सिम्ता गाउँपालीका राकममा रहेको इलाका प्रहरी कार्यालय नजिकैको दुरीमा घटना घटेको थियो । मोटरसाईकल चालक बनगाड कुपिण्डे नगरपालीका १ सल्लीवजार निवासि कमल वि.सी. र यज्ञ घर्तिमगरलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!