समिता नेपालीको मृत्यु घटना थप रहश्यमय,

Posted on: 05 Jan, 2018

प्रेम सुनार | पुस २१, गुल्मी | केहिदिन अघि अर्घाखाँचीमा झुण्डिएको अवस्थामा मृत फेला परेकी १७ वर्षिया समिता नेपालीको मृत्यु घटना थप रहश्यमय बनेको छ । पुस–६ गते  विहिवार राजधानीको ललितपुरबाट हिडेकी नेपाली पुस–८ विहान  साढे ९ वजेको समयमा अर्घाखाँचीको भुमिका स्थान नगरपालिका वडा नम्वर १० को चेरेपानी जंगलको विचमा पर्ने कालिका मन्दिरको ढोका अगाडी झुडिएको अवस्थामा फेला परेकी थिईन् ।

उनका पिता विष्णु नेपालीका अनुसार कसैले हत्या गरेको आधारहरु प्रशस्त हुँदाहुँदै पनि प्रहरीले वेवास्ता  गर्दै आएको छ । वावु नेपालीले भने–‘छोरीको मोवाईलको कल रेकर्ड र फेसवुक च्याटमा उनले शुक्रबार अघिल्लो दिन ललितपुरमा  एउटी साथीसंग च्याटमा कुराकानी गरेकी छन् । त्यसमा उनकी साथीले तिम्रो लभर छ कि छैन ? भनेर सोधेकी छन् । उनले छ भनेकी छन् । को हो त यी चार मध्ये ? भनेर फोटो सहित उनले पठाएकी छन् । यताबाट समिताले यो विचको कोरियन टिशर्ट लगाउने हो भनेर भनेकी छन् । तिनै युवासंग अर्को दिन कुरा समेत भएको कल रेकर्डले देखाएको हामीले सुनेका छौं । तर पनि जिल्ला प्रहरी कार्यालयले हामी अनुसन्धान गर्दैछौं भन्दै टार्दै आईरहेको छ । त्यो कुराकानीसंग सम्वन्धित व्यक्तिहरुलाई वोलाउँदै सोध्धै पठाउँदै गरेको भएपनि निष्पक्ष छानविन होला भन्ने आशा हराएको छ । हामीले गुहार नपाउने भयौं सञ्चार माध्यमले प्रहरीलाई घचघचाई दिनु पर्यो ।’

यस सम्वन्धमा जिल्ला प्रहरी प्रमुख एकनारायण कोईरालासँग सम्पर्क राख्दा उनले केहि व्यक्तिहरुलाई वोलाएर सोधपुछ गर्ने काम भईरहेको र स्वतन्त्र रुपमा अनुसन्धान चलिरहेको बताए । समिताका परिवारजनले गत वर्ष छोरी समितिको वलात्कार भए पछि आफुहरु असुरक्षित हुँदै आएको र पछिल्लो यस घटनाबाट थप त्रसित भएर बस्नु परेको बताएका छन् । अर्घाखाँचीका वासीन्दाले यस्ता घटनालाई यहाँको प्रहरीले खासै वास्ता नगर्ने गरेको आरोप लगाएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!