शिक्षकको मर्यादा, सम्मान र अधिकारको ग्यारेन्टी हुनुपर्छ: नेराशि अध्यक्ष रावल

Posted on: 05 Jan, 2018

कमल रावल | पौष २१, अछाम | नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिती अछामका अध्यक्ष नर बहादुर रावलले हरेक व्यक्तिलाई शिक्षा दिई शिक्षित बनाउने व्यक्ति शिक्षक भएकोले शिक्षकको मर्यादा, सम्मान र अधिकारको ग्यारेन्टी हुनुपर्ने बताउनु भएको छ । 

ग्रामिण क्षेत्रमा दिनरात नभनी निरन्तर कर्तव्य पथमा अघि बढ्ने शिक्षकलाई पछिल्लो समय विभिन्न आरोप, लान्छाना तथा विभेद गर्न थालिएको भन्दै यो चुनौतिपूर्ण अवस्थामा सजग, सचेत र जिम्मेवार भएर शिक्षकले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उहाँले बताउनु भयो । नगर अध्यक्ष तेज बहादुर रावलको अध्यक्षतामा भएको नेपाल राष्ट्रिय शिक्षक संगठन मंगलसैन नगर समितिको प्रथम नगर अधिबेशनमा प्रमुख अतिथिको आशनबाट बोल्दै जिल्ला अध्यक्ष रावलले केही स्थानीय तहले अहिले सम्म पनि कात्तिक महिनादेखिको शिक्षकको तलब निकाशा नगरेको पाईएकोले तत्काल तलब निकाशा गर्नुपर्ने बताउनु भयो । 

अधिबेशनका बिशिष्ट अतिथि पूर्व जिल्ला अध्यक्ष रत्न प्रसाद ढुंगानाले संघीय संरचनामा अब नेपाल राष्ट्रिय शिक्षक संगठनले शिक्षकका हक, अधिकार र कर्तव्य सहितको मार्गचित्रमा काम गर्ने र सबै शिक्षकका अधिकार स्थापित गर्न सरोकारवाला निकायलाई घच्घचाउने बताउनु भयो । आफ्नो शिक्षक संगठनले शैक्षिक गुणस्तर वृद्धिका लागि विभिन्न रचनात्मक कार्य गर्दै आईरहेको बताउनु भयो । अधिवेशनमा जिल्ला उपाध्यक्ष जानकी बोहरा र लोकराज न्यौपानेले शिक्षक संगठनले स्थापना कालदेखि नै शैक्षिक गुणस्तर, शिक्षकका पेशागत अधिकारको शुनिश्चतताको लागि जुझारु नेतृत्व गर्दै आईरहेको बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!