नेराशि संगठन मंगलसेन नगर संगठन कमिटीको पहीलो अध्यक्ष मंगलाका प्रअः थापा

Posted on: 05 Jan, 2018

कमल रावल | पौष २१, अछाम | नेपाल राष्ट्रिय शिक्षक संगठन मंगलसेन नगरसंगठन कमिटीको पहिलो अधिवेशनको बन्द सत्रले बम बहादुर थापाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । जसमा उपाध्यक्ष अमर चलाउने, महिला उपाध्यक्ष धनकला ठकुल्ला, सचिव एकेन्द्र विक, कोषाध्यक्ष राम बहादुर धानुक, सहसचिव  चन्द्रिका उपाध्याय र सह कोषाध्यक्ष शारदा सिजापति निर्वाचित भएका छन् । 


समितिको सदस्यमा पूर्ण राना, भजन रावल, रंग बोगटी, प्रकाश हुड्के, नगेन्द्र ढुंगाना, टेकराज भण्डारी, गोरख ढकाल, यज्ञ प्रसाद उपाध्याय, गणेश रावल, भोज रावल, खगेन्द्र सोडारी, शान्ति चौधरी, तुल्छा शाही, अर्चना ढकाल, पवित्रा बोहरा, सदस्य निर्वाचित भएका छन् । यस्तै प्रदेश प्रतिनिधिमा तेज बहादुर रावल, शेर बहादुर थापा र चन्द्रकला बिष्ट चयन भएका छन् । निर्वाचित पदाधिकारीलाई जिल्ला अध्यक्ष नरबहादुर रावलले शपथ गराउनु भएको छ । 

यसैबीच नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला सदस्य एवम् कुन्ति माविका शिक्षक धर्म खतिवडा राष्ट्रिय मावि चुहामा सरुवा भई जानुभएकोले ढाकाटोपी र अबिर लगाई बिदाई गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!