मुगुका महिला दाउरा, स्याउलाको जोहो गर्दै

Posted on: 07 Jan, 2018

पुस २३, मुगु | मुगुका महिला हिउँद लागे संगै  दाउरा र स्याउलाको जोहो गर्न थालेका छन । हिउँदको समयमा काम नहुने भए पछी मुगुका महिला यति बेला बर्ष भरीका  लागी दाउरा तथा गाई भैसीका लागी गोठमा बिछायाउनका लागि स्याउलाको जोहो गर्न थालेका हुन । 

महिला बिहानै काख्मा रोटी च्यापि घर बाट तिन चार घण्टा टाढा गई दाउरा स्याउला ल्याउने गर्दछन । मुगुमा  यातायातको सुविधा संगै बजारमा ग्यास भित्रिएपनी खान पकाउने लगायत अन्य कामका लागी दाउराकै रुपमा काम गर्ने ग्यास हुने खानेलमात्र प्रयोग गर्ने गरेका र अधिकास स्थानीय दाउराकै भरमा  जिविको पार्जन गदै आएका छायाँनाथ रारा नगरपाीका वडा नं ४ कि पुतली नेपालीले बताउनुभयो । उहाँका अनुसार मुगका महिला ६ महिना खेतिबारीमा ब्यस्त हुने र ६ महिना खेतिपाती नहुने भएकोे हुदाँ त्यसै खाली बस्नु भन्दा भर्ष भरी मान्छे लाई गाई बस्तु पशुचौपायको लागी अति आबश्यक दाउरा स्याउलाको जोहो गर्न थालेको नेपालीको भनाई छ । 

मुगुका सामुदायिक बनपनी यतिबेला दाउरा स्याउला संकलनका जंगल प्रबेश शुल्क सहित बन प्रबेश खुलाईएका छन  । बन बर्षको केहि समयका लागी खुलाईने र अघिपछी बन्द हुने भएकाले पनी महिला  दाउरा स्याउलाको जाहो गर्न लागेको महिला हरु बताउछन   मुगु जिल्लाका एक नगरपाली र तिन गाउँपालीकामा रहेका वन हरुमा सामुदायक बनको  नियम अनुसार वन प्रबेश खुलाईने र शुल्क लिईने गरेका महिलाहरुको भनाई छ । - नन्द बहादुर रोकायको सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!