सिरहाको सुखिपुरमा अगलागि हुँदा १० लाखको क्षति

Posted on: 07 Jan, 2018

राम नारायण पंडित | पुस २३, सिरहा |सिरहाको सुखिपुरमा गएराति आगलागि हुँदा लाखौ मोलबराबरको धनमाल जलेर नष्ट भएको छ । सुखिपुर नगरपालिका ४ कबिलासि बस्ने राम अबतार  यादबको गोठबाट सुल्केको आगले स्थानिय ५ जनाको घरजलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 

आगलागिमा परि राम अबतार यादब, जय नारायण यादब, आशाराम यादब, राम उद्गार यादब र कारि रामको घर जलेर नष्ट हुँदा १० लाख मोलबराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागि नेपाल प्रहरी, शसस्त्र प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिईएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!