फागुनको दोस्रो सातादेखि पश्चिमाञ्चल महिला महोत्सव हुने (भिडियो सहित)

Posted on: 07 Jan, 2018

पर्वत । फागुनको दोस्रो सातादेखि दशौ पश्चिमाञ्चल महिला महोत्सव शुरु हुने भएको छ । १०८ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अबसर पारेर रेडियो दिदीबहिनीले फागुन १६ देखि २६ गतेसम्म दशौं पश्चिमाञ्चल महिला महोत्सव तथा रेडियोको आठौ बार्षिक उत्सव मनाउन लागेको हो ।
आइतबार पर्वतमा आयोजना भएको पत्रकार सम्मेलनमा पूर्व सांसद एवं रेडियो दिदीबहिनीकी संचालिका कल्पना चापागाइ जोशीले उक्त जानकारी दिएकी हुन् ।

११ दिनसम्म संचालन हुने उक्त महोत्सव सम्पन्न गर्नको लागि ३५ लाख खर्च लाग्ने अनुमान रेडियोले गरेको छ । महोत्सवमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता, ¥याली तथा झाँकी प्रतियोगिता, रत्यौली, भजन र विद्यालयस्तरीय नृत्य प्रतियोगिता, बक्तृत्वकला प्रतियोगिता तथा शैक्षिक प्रदर्शनी, टपरी गाँस्ने प्रतियोगिताका साथै खसी बोका, बाख्रा, कुखुरा तथा कृषि प्रदर्शनी हुने आयोगले जनाएको छ ।

कार्यक्रममा राष्ट्रिय भलिबल प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय हुनेले क्रमशः नगद १ लाख, ६० हजार र ४० हजार प्राप्त गर्नेछन् । त्यसैगरी ¥याली प्रतियोगितमा प्रथम, द्धितिय, तृतीय हुनेले क्रमश १८ हजार, १२ हजार र ८ हजार प्राप्त गर्ने रेडियोले जनाएको छ ।

त्यस्तै रत्यौली, भजन र विद्यालयस्तरीय नृत्य प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय हुनेले क्रमश नगरद १५ हजार, ८ हजार र ५ हजार पाउनेछन् भने बक्तृत्वकला प्रतियोगिता र शैक्षिक प्रदर्शनीमा उत्कृष्ट हुनले क्रमश नगद ५ हजार, ३ हजार र २ हजार प्राप्त गर्ने उक्त पत्रकार सम्मेलनमा रेडियोले जनाएको छ ।

कार्यक्रम अबधी भर राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!