मोरङमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Posted on: 07 Jan, 2018

पुस २३, मोरङ । मोरङको रतुवामाई नगरपालिका–९ स्थित उर्लाबारी– बरडंगा सडकखण्डमा ट्र्याक्टरको ठक्करबाट आज साँझ मोटरसाइकल चालकको मृत्यु भएको छ । 

उर्लाबारीबाट बरडंगातर्फ जाँदै गरेको मे१त ५९५६ नंको ट्र्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको को१२प ६२८७ नंको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । 

दुर्घटनामा मोटरसाइकल चालक रतुवामाई–९ का ४५ वर्षीय चोमनाथ गौतमको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिनुभयो । 

दुर्घटनामा गम्भीर घाइते गौतमलाई उपचारका लागि उर्लाबारीस्थित अरनिको हस्पिटल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनाका बेला दुवै सवारी साधन तीव्र गतिमा रहेको प्रहरीले जनाएको छ । 

ठक्कर दिने ट्र्याक्टर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!