कालिकोटमा म्यादी प्रहरीलाई चलाएको गोली 'सही समयमा गरिएको सही निर्णय'

Posted on: 08 Jan, 2018

पुस २४, कालिकोट | कालिकोटमा म्यादी प्रहरीको आन्दोलनमा भएको गोली प्रहारको घटनाको प्रतिवेदन बुझाइएको छ ।

घटना पछि गठन गरिएको छानबिन समितिले प्रहरीले त्यतिबेला चलाएको गोली सही समयमा गरिएको सही निर्णय भएको भन्दै गृहमन्त्रालयलाई प्रतिवेदन बुझाईएको हो । प्रतिवेदन अनुसार यदी गोली नचलाएको भए प्रहरी नै मारिनसक्ने स्थिति भएको भन्दै प्रहरीले गोली चलाउनु उपयुक्त भएको समितिले उल्लेख गरेको छ ।

सहसचिव डा.मान बहादुर बिश्वकर्मा संयोजकत्वको छानबिन समितिले गृहमन्त्रालयलाई छानविन समितिको निष्कर्षसहितको प्रतिवेदन बुझाउँदै म्यादी प्रहरी विवेक ऐडीको मृत्यु प्रहरीको गोलीबाटै भएको उल्लेख गरेको छ । सहसचिव डा.बिश्वकर्माका अनुसार प्रहरीले गोली नचलाएको भए आन्दोलनको क्रममा झन् ठुलो क्षति हुने अवस्था रहेको जनाएको थियो ।

समितिले म्यादी प्रहरीहरुले थोरै तलब दिएको भन्दै गरेको आन्दोलन नरहेको जनाउँदै सबैले सरकारले तोकेअनुसार नै तलब र राशनभत्ता पाएको समेत उल्लेख गरेको छ । यता म्यादीको आन्दोलनमा नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ताहरुको घुसपैठ हुँदा हिंसा चर्किएको प्रतिवेदनमा उल्लेख गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!