आयोजक र विराटनगर खेल्दै

Posted on: 25 Apr, 2016

प्रकाश धौलाकोटी, बैशाख १३, तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका स्थित बसन्तपुरमा भइरहेको दोस्रो लालीगुराँस गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत आजपनि एक खेल हुँदैछ । दिउँसो १ बजेपछि हुने आजको खेलमा आयोजक पाथीभरा युवा सामुदायिक क्लब र टीडब्लुवाईसी विराटनगर बीच प्रतिष्पर्धा हुने छ । 

वि.स. २०५६ सालबाट सुरु भएपनि निरन्तर सन्चालन हुन नसकेको प्रतियोगिताको निरन्तरता स्वरुप स्थानीय युवाहरुको अगुवाईमा यसवर्षबाट पुनः लालीगुराँस गोल्डकप सन्चालन हुन थालेको हो ।

काठमाडौँसहित पुर्वान्चलका आठ टिम सहभागी प्रतियोगिताको विजेताले १५ ग्राम सुनजडित १ सय २० तोला चाँदीको गोल्ड कपसहित नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता बैशाख १७ गते सकिनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!