सप्तरीमा फरार अभियुक्त पक्राउ

Posted on: 08 Jan, 2018

पुस २४, राजविराज (रासस) | लागुऔषध ओसारपोसार अभियोगमा फराह रहेका एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेका छन् । 

पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका–४ बस्ने २३ वर्षीय सुदीपकुमार चौधरी रहेको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताउनुभयो । 

एक वर्षअगाडि जिल्ला अदालत राजविराजबाट चौधरीलाई लागुऔषध ओसारपसार गरेको आरोपमा एक वर्ष १० महिना कैद र रु एक लाख जरिवाना तोकेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!