सुचना अधिकारी नहुँदा सेवाग्राही मर्कामा

Posted on: 08 Jan, 2018

पुस २४, बझाङ | जिल्लाका अधिकांश सरकारी तथा गैरसरकारी कार्यालयहरुमा सुचना अधिकारी नहुदा सेवा ग्राहीहरु मर्कामा परेका छन् ।

 कार्यालयमा सुचना अधिकारी नतोकिएपछि कार्यालयबाट भए गरेका सुचना तथा क्रियाकलापहरु समयमै पाउन नसक्दा सेवाग्राहीहरु मर्कामा परेका हुन् । 

सरकारले सुचनाको हक ऐन २०६४ अनुसार प्रत्येक सार्वजनिक कार्यालयहरुको सुचना पाउने अधिकार नागरीकहरुलाई प्रत्याभुति गरेको भएतापनि यहाँका अधिकांश कार्यालयबाट भने अझै सर्वसाधरणहरुले चाहेको सुचना पाउन सकेका छैनन् । 

नेपाल सरकारले सरकारी तथा गैरसरकारी कार्यालयहरुको काम पार्दर्षि गर्न प्रत्येक कार्यालयमा अनिवार्य सुचना अधिकृत तोक्नुपर्ने  निर्णय गरिएको भएतापनि जिल्लामा भने एक दर्जन भन्दा भढी कार्यालयहरु अझै सुचना अधिकारी विहिन रहेको स्थानिय वासीको जनगुनासो रहेको छ । 

सुचना अधिकारी नतोकिएपछि सेवाग्राहीहरुले समयमै सुचना पाउन सेकेका छैनन् भने कार्यालयबाट उपलब्ध हुने कुनै पनि सरकारी सेवाबाट उनीहरुले बञ्चित हुनु परेको अवस्था छ । 

सरकारले सुचनाको हक ऐन २०६४ अनुसार प्रत्येक कार्यालयमा जनताले चाहेको सुचना उपलब्ध गराउन सुचना अधिकृत अनिवार्य राख्नु पर्ने निर्देशन गरेको भएतापनि यहाँका अधिकांश कार्यालयहरुले भने नत सुचना अधिकृत तोकिएको छ नत वडा पत्र नै राखिएको छ । कार्यालयहरुमा बडापत्र नभएपछि सेवा सुविधा लिन एवं आवश्यक कागजातबारे जानकारी पाउन सर्वसाधारणलाई कठिन भएको छ । - टेकेन्द्र बोहराको सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!