अपाङ्गता भएका व्यक्तिको पहुँच विकासका लागि प्रतिबद्ध छु– मनोहर वि पौडेल(भिडियो सहित)

Posted on: 10 Jan, 2018

पर्वत । अपाङ्ग उत्थान समाज पर्वतको आयोजना तथा आएएसएफको आर्थिक सहयोगमा अपाङ्गता र समावेशी विकास सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

जिल्लाका साविक गाविस कटुवाचौपारी, आर्थरडाँडाखर्क, तिलाहार, राम्जादेउराली, पकुवा र पिपलटारीमा आफ्नो कार्यक्रम संचालन गरेको आइएलएफ पोखराले जिल्लामा अपाङ्गगता भएका व्यक्तिहरुलाई समावेशी गर्नको लागि आवश्यक प्रक्रिया र सम्भावनाको अध्ययन गर्नको लागि अपाङ्ग उत्थान समाजको सहकार्यमा सरोकारवाला निकायहरुसँग परामर्श तथा अनुशिक्षण कार्यक्रम गरेको हो ।

कार्यक्रममा सहभागीहरुले अपाङ्गता भएका व्यक्तिहरुलाई अझै पनि समान अधिकार प्राप्त हुन नसकेको बताएका छन् । सरकारी भवनहरु अपाङ्गमैत्री हुनु नसक्नु असमानताको पहिलो उदाहरण भएको सरोकारवाला निकायका व्यक्तिहरुले बताएका छन् ।

जिल्लामा धेरै संख्यामा अपाङ्गता भएका व्यक्तिहरु रहेको तर अझै पनि परिवारले लुकाएर राखेका कारण पनि बाहिर आउन नसकेको सहभागीहरुले बताए । अपाङ्गता भएका व्यक्तिहरुलाई अझै पनि परिवारले बोझका रुपमा लिने गरेकोले पनि कतिपय अपाङ्गता भएका व्यक्तिहरु राज्यको सेवाको पहुँचमा हुन नसकेको जनाएका छन् ।

जिल्ला समन्वय समितिका संयोजक मनोहरि वि. पौडेलले सदरमुकाम केन्द्रित भएर काम गर्न भन्दा पनि स्थानीय निकायहरुसँग समन्वय गरी दुर्गम क्षेत्रमा पनि कार्यक्रम गर्नको लागि आएएलएफलाई सुझाएका छन् । उनले अपाङ्गता भएका व्यक्तिहरुसम्म पहुँच र विकास पु¥याउनको लागि आफू प्रतिबद्ध भएको बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!