के तपाइँसँग पुरानो वा काम नलाग्ने लुगाहरु छन् ? त्यसोभए यसो गर्नुस् (सार्वजनिक अपिल)

Posted on: 10 Jan, 2018

पुस २६, काठमाडौँ | हामी हुने-खाने छौं वा हामीसँग यो जाडोमा आफ्नो सरिर ढाक्ने कपडा छ तर कतिपय हामीले लगाउंदै आएको कपडा प्रयोग बिहिन भएका छन् वा आफुलाई साँघुरो भएर त्यसै मिल्किएका छन् भने तपाइको प्रयोगबिहिन कपडाले कसैलाई खुसि दिन सक्छ । तराईमा एकसरो आङ ढाक्ने कपडा नपाएर जाडोमा दिनानुदिन मृत्युको सिकार भईराखेका नेपालीहरुलाई तपाइँको सानो सहयोग ठूलो राहत बन्न सक्छ ।

हामीले प्रयोगबिहिन हुने कतिपय कपडाहरु त्यसै फोहोरसँगै फालिरहेका वा जलाईरहेका छौं तर तपाइको त्यहि कपडा गरिवहरु र जाडोले तड्पिएका नेपालीहरुको लागि निकै उपयोगी छन् । 

जाडोमा काट्ठीएर बसेकाहरुलाई तपाइको पुरानोनै कपडा किन नहोस् राहतको रुपमा ठुलो हुनसक्छ । त्यसैले तपाइँसँग भएको जस्तोसुकै प्रयोगबिहिन तर लगाउन मिल्नेसम्मको कपडाहरु जम्मा गर्नुहोस् र पुस २६ र २७ गते महाराजगंज स्थित पानीपोखरीमा रहेको न्युज-24 को अगाडि आई समृद्ध नेपाल संस्थाको फोन नम्बर ९८०११००१९० र ९८०११००४४४ मा फोन गर्नुहोस् वा गोंगबु स्थित साझा सबाल मिडियाको फोन नम्बर ०१-४३५२७२० मा सम्पर्क गरि दिनुहोस्  ।

तपाइँहरुबाट संकलन भएको पुराना तथा प्रयोगहिन कपडाहरु नेपालको अधिकाश जिल्लाहरुमा तीब्र रुपमा जाडोसँगै भएको सितलहर पिडितहरुको लागि माघ १ गतेभित्रै वितरण गर्ने कार्यक्रम छ । योजना अन्तर्गत पहिलो चरणमा संकलन भएका कपडाहरु पर्सा जिल्लाका जाडोमा वितरण गरिनेछ । इक्छुक मनुभाबहरुले आज र भोलीमा आफ्ना पुरानो लत्ता-कपडा उपलब्ध गराइ उद्दार कार्यमा सहयोग गर्न यो अपिल गरिएको छ । 

यो जानकारी शेयर गरि सबैले संकलन कार्यमा सहयोग गरिदिनुहुन समेत अनुरोध छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!