कांग्रेसका सभापति र सचिवहरुको जिल्ला भेला हुने

Posted on: 25 Apr, 2016

प्रकाश धौलाकोटी, बैशाख १२, तेह्रथुम । नेपाली कांग्रेस तेह्रथुमले जिल्लाका नगर तथा गाविस स्तरीय कार्यसमितिका सभापति र सचिवहरुको भेला गर्ने भएको छ ।

कांग्रेस जिल्ला कार्यसमितिले जेठ २८ र २९ गते सदरमुकाम म्याङलुङमा जिल्लाका २ नगरपालिका र २१ वटै गाउँ कार्यसमितिका सभापति र सचिवहरुलाई भेला गरी प्रशिक्षण कार्यक्रम राख्ने तयारी भइरहेको जिल्ला सचिव सन्तोष सुब्बाले जानकारी दिनुभयो ।

भेलामा कांग्रेस नगर तथा गाउँमा भएका गतिवधि, विकास निर्माणमा खेलिरहेको भूमिका, अधिवेशन पछाडिको कार्य दिशा, भावी रणनिति लगायत विषयमा छलफल, समीक्षा तथा प्रशिक्षण गरिने उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता गुरुराज घिमिरे लगायत कांग्रेस नेता तथा जिल्ला कार्यसमितिका पदाधिकारीहरुले प्रशिक्षण गर्ने बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!