मोरङमा स्कुटरले ठक्कर दिँदा वृद्धको मृत्यु

Posted on: 11 Jan, 2018

पुस २७, मोरङ । मोरङको पथरी–शनिश्चरेमा स्कुटरले ठक्कर दिँदा गम्भीर घाइते भएका एक पैदलयात्री वृद्धको उपचारका क्रममा गएराति मृत्यु भएको छ । 

पथरी–शनिश्चरे नगरपालिका–१ स्थित शिखरचोकमा गत पुस ६ गते दिउँसो १ बजे बा ५४ प ४५८८ नम्बरको स्कुटरले ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्री सोही ठाउँ बस्ने ८५ वर्षीय लालबहादुर चौहानको गएराति उपचारका क्रममा नोबेल अस्पताल, विराटनगरमा मृत्यु भएको हो । 

ठक्कर दिने स्कुटर र त्यसका चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय, पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिनुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!