जुम्लामा राष्ट्रिय लगानी सम्मेलनको तयारी

Posted on: 11 Jan, 2018

नन्दराम जैशी/पुस २७, जुम्ला । कर्णालीमा थुप्रै सम्भावनाका बिच पनि प्रयाप्त अर्थ अभावका कारण विकासले गति लिन सकेको छैन । 

विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय दातृ निकायले दिने सहयोगको दुरुपयोग, सरकारले विनियोजित गर्ने अप्रयाप्त बार्षिक बजेट र स्रोत साधनको सहि पहिचान तथा परिचालन नभएकाले कर्णालीको विकासले खासै काँचुली फेर्न सकेको छैन् । विकेन्दीकरण विकास पद्धतीले पछि परेको कर्णालीमा अझै लगानीकर्ताको खाँचो छ । अर्थ अभावले कर्णालीमा भएका बहुमुल्य जडिबुटीको प्रशोधन, पर्यटन क्षेत्रको संरक्षण तथा सम्बद्र्धन हुन सकेको छैन ।

आर्थिक समृद्धीनै देश विकासको मुल आधार भएको भन्दै जुम्लाको विकासका लागी राष्ट्रिय लगानी सम्मेलन महत्वपुर्ण हुने नागरिक समाज जुम्लाका सचिब सरोज शाहिले बताए । सोहि अनुसार कर्णालीमा आर्थिक भित्राउन तथा जुम्लाको समुचित विकासका लागि आउदो जेठ महिनामा जुम्लामा राष्ट्रिय लगानी सम्मेलन गर्ने तिब्र तयारी भईरहेको छ । सम्मेलनको जिम्मेवारी कर्णालीको पहिलो चन्दननाथ नगरपालिकाले लिने भएको हो । 

चन्दननाथ नगरपालीकाकी मेयर कान्तिका सेजुवाल भनिन्, ‘जुम्लामा हुने राष्ट्रिय लगानी सम्मेलनको तयारी तिब्र पारीएको छ । काठमान्डौका विभिन्न मन्त्रालय, उद्योग ब्यवसायी, व्यापारीहरु, विज्ञ ब्यक्तिहरुसँगको छलफल तथा परामर्श जारी छ’ । सम्मेलनमा देश, विदेशका झण्डै ५ सय बढि लगानी कर्ता भित्राउने उद्देश्य आयोजक संस्था नगरपालीकाले लिएको छ । सो अनुसार अहिले राष्ट्यि तथा अन्तराष्ट्रिय स्तरका लगानी कर्ताहरुलाई निम्तो दिने काम भैरहेको छ ।

सम्मेलनपछि मुत्यूमार्गको उपमा पाएको कर्णाली राजमार्गलाई २ लेनको बनाउने, कर्णालीको विद्युत, खोनपानी, स्वास्थ्य, शिक्षा, पर्यटनको समुचित विकास र प्रबद्र्धन गर्ने, बहुमुल्य जडिबुटीको संरक्षण र प्रशोधन गर्ने लगाएतका अपेक्षा राखिएको छ । 

कर्णालीका थुप्रै सम्भावनालाई विकास गर्न लगानी कर्ताको कमी नहुने भन्दै पुर्व तयारी स्वरुप लगानीकर्ताको सुरक्षा व्यवस्था देखि बस्ने खाने सबैको व्यवस्थाका बारेमा अहिलेबाटै तयारी गर्न नगरपालिकाका कर्मचारी लागी परेका छन् ।

कर्णालीका विद्यमान समस्या समधानका लागि आगामी जेठमा हुने सम्मेलनले निकै राहात गर्ने समेत विश्वास गरिएको छ । भने जुम्लामा रहेका झण्डै १ हजार बढि उद्योगी व्यापारीहरुलाई लगानीका लागि अनुरोध गर्ने कार्यक्रम रहेको जुम्ला उद्योग बाणिज्य संघका अध्यक्ष रामदत्त रावलले बताए । उनले भने,  ‘सरकाले सुगम गाँउपालीकाको भन्दा जुम्लामा कम बजेट विनियोजन गर्ने गरेको छ’ । 

बजेट विनियोजनमा असमानता र समयमा अवश्यक कार्य्विधि, ऐन कानुन बन्न नसकेकोले तत्काल कृषि, पशुपन्छी तथा जडिबुडीको विकासका लागि सरकारले प्रयाप्त बजेट बिनियोजित गर्न सकेको छैन । 

जुम्लाको चन्दननाथ नगरपालीकामा लगानी सम्मेलन गर्ने बारेमा गत कार्तिक ४ गते राजधानीमा आर्थिक पत्रकार समाज तथा मेयर कान्तिका सेजुवालबिच छलफल भएको थियो ।          


यस बिषयमा तपाइको प्रतिक्रिया...!