दाङमा बसको ठक्करबाट एक वर्षीय बालकको मृत्यु

Posted on: 12 Jan, 2018

पुस २८, दाङ । स्कुल बसको ठक्करबाट दाङमा एक बालकको मृत्यु भएको छ । 

लमही नगरपालिका–५ चौलाहीमा आज बसको ठक्करबाट स्थानीय रामजान अदलीका एक वर्षीय छोरा अब्दुल अनसारीको मृत्यु भएको लमही वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिनुभएको छ । 

आज बिहान साधना मन्टेश्वरी स्कुलको लु१क १३५३ नंको बसले बालकलाई अनसारीलाई ठक्कर दिएपछि गम्भिर घाइते भएका उनकोे लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । ठक्कर दिने बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!