खिचडी महोत्सव तथा थारू सास्कृतिक झमटा कार्यक्रम सुस्तामा सुरु

Posted on: 12 Jan, 2018

श्याम थापा/पुस २८, सुस्ता । इतिहास भाषा कला सास्कृतिक इहे हखई हमार पहिचान,फरल फुलल खिचडी महोत्सव इहे हखई हमनीके शान यहि मुल नाराका साथ थारु जातीहरुको महान चाड खिचडी महोत्सवको अवसरमा २ दिने थारू सास्कृतिक झमटा कार्यक्रम नवलपरासी जिल्ला सुस्ता गाउँपालिकाको वार्ड न २ गुदरियामा सुरु भएको छ । 

जनकल्याण टोल बिकास समिति,नवदुर्गा आमा समुह,जय मा कुवारवर्ती कन्या समूह सुस्ता गाउँपालिका वार्ड न २ गुदरियाको संयुक्त आयोजनामा भएको हो । 


जयमा कुवारवर्ती कन्या समुहका अध्यक्ष सुनिता महतोको अध्यक्षयतामा र सुस्ता गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेको प्रमुखअतिथ्यतामा भएको थारु सास्कृतिक झमटा कार्यक्रममा थारु जातीहरुले खेतीपाति तथा घरायसी कार्यमा प्रयोग गर्ने औजार र थारु जातिको पोसाकहरुको प्रदर्शन पनि गरिएको छ । 

थारु जातिहरुको महान पर्व माघी खिचडीमा खाने खानाहरु  घोङगी,चिचर,माछा र सोजुवा रोटी लगायतको खानेकुराहरूको पनि कार्यक्रममा प्रदर्शन गरिएको थियो । सो थारु सास्कृतिक झमटा कार्यक्रममा करिब २५ वटा झमटा ग्रुपको सहभागी रहेको आयोजकले जनाएको छ । 

त्यसैगरी झमटा कार्यक्रममा पत्रकार आरपी उपाध्याय,महेन्द्र मा बि कुडियाका प्र अ भुपनारायण चौधरी,समाजसेवी राम प्रसाद आर्याल,साविक कुडिया गाबिसका पुर्व अध्यक्ष प्रेम चन्द्र गुप्ता,साविक त्रिबेणि सुस्ता गाबिसका पुर्व अध्यक्ष टेक नारायण उपाध्याय,सुस्ता गाउँपालिका वार्ड न २ का वडा अध्यक्ष किशन लाल मुखिया र सुस्ता गाउँपालिकाका उपाध्यक्ष इन्द्र कुमारी थरुनी लगायतले थारु जातिहरुको सास्कृतिक जोगाउनका लागि अब युवा पुस्ताहरुले ध्यान दिनु पर्ने बक्ताहरुको जोड रहेको थियो । 

साथै थारु जातिहरुको कला र सास्कृतिकको बिकास गर्नको लागि सुस्ता गाउँपालिकाले विभिन्न गुरु योजना बनाई पहल गर्ने सुस्ता गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेले प्रतिबद्धता गर्नु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!