दुई लाख बढी घुससहित श्रम कार्यालय ताहाचलका कर्मचारी पक्राउ

Posted on: 12 Jan, 2018

पुस २८, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वैदेशिक रोजगार विभाग, श्रम कार्यालय ताहाचलका नासु नगेन्द्रप्रसाद गौतमलाई घुससहित पक्राउ गरेको छ ।

गौतम सेवाग्राहीबाट घुसबापतको  दुई लाख ३४ हजार लिइसकेको अवस्थामा गोंगबुस्थित वीरेन्द्र–ऐश्वर्य मार्गमा रहेको लुम्बिनी फास्ट फुड रेष्टुरेन्टबाट पक्राउ परेका हुन् ।

श्रम स्वीकृति गराइदिने र विमानस्थलमा मिलाएर पठाइदिने भनी सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिएको जनाइएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!