खोटाङकि एक महिला माईत हिँडेको तीन दिनपछि खोलामा मृत भेटीइन

Posted on: 12 Jan, 2018

चिसाङ शेर्पा/पुस २८, खोटाङ । माईत हिँडेकी ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलका ५२ वर्षीय निम्दु तामाङ मृत फेला परेकी छन् । 

ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क ओढारेस्थित माईती घर जानेक्रममा बेपत्ता बनेकी ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलका ५२ वर्षीय निम्दु तामाङ तीन दिनपछि मृत फेला परेकी हुन् । 

तामाङको शव स्थानीय लिदिङ खोलाको पानीमै ढुंगाको आडमा अल्झेको अवस्थामा बिहिबार फेला परेको ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलका वडाध्यक्ष झनकुमार राईले बताउनुभयो । 

तामाङ पुस २५ गते माईती घर जानेक्रममा बेपत्ता भएकी थिइन् । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!