खार्मीमा पाँच किलो फाहोर संकलन गर्नुहोस, फुटवल लानुहोस

Posted on: 12 Jan, 2018

चिसाङ शेर्पा/पुस २८, खोटाङ । खोटाङको रुपाकोट मझुवागढी नगरपालिका ११ खार्मीले पाँच किलो फोहोर जम्मा गर्नेलाई फुटबल दिने अभियान शुरु गरेको छ । 

वडालाई सफा, सुन्दर र स्वच्छ राख्नका लागि रचनात्मक तवरमा सरसफाई गर्ने अभियान थालनी गरेको हो । वडाभित्रका सार्वजनिकस्थल तथा निजि क्षेत्रमा फोहोरमैला अत्याधिक बढेको भन्दै वडा कार्यालयले पुरस्कारको व्यवस्था गरेर वडा सरसफाई कार्यलाई निरन्तरता दिएको वडा कार्यालयले जनाएको छ ।

विशेषगरी वडाभित्रका सार्वजनिक क्षेत्रबाट पाँच किलो फोहोर जम्मा गरेवापत एउटा फुटवल प्रदान गर्ने भएपछि स्थानीय यूवाहरुलाई फोहोर जम्मा गर्न भ्याईनभ्याई भएको जनाईएको छ  । 

वडा कार्यालयभित्र प्लाष्टीक तथा प्लाष्टीकजन्य फोहोर विस्तापित गर्नलाई सरसफाई शुुरु गरिएको वडाध्यक्ष रामचन्द्र राईले जानकारी दिए । वडामा प्लाष्टिकजन्य सामानमा रोक लगाईएको उनको भनाई छ  ।

यस्तै, महिलाहरुको वाकशक्तिमा विकास गर्न तीन दिने उद्धघोषण तालिम सुरु भएको छ  । महिलाहरुको क्षमता अभिवृद्धिका लागि उद्धघोषण तालिम सुरु गरिएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!