जेसिज अध्यक्षमा ढुंगेल निर्वाचित :झापा

Posted on: 14 Jan, 2018

 पुस ३०,झापा | भद्रपुर जेसिजको अध्यक्षमा सोमप्रसाद ढुंगेल सर्वसम्मत निर्वाचित भएका छन् । 

वर्ष २०१७ मा जेसिजको जनसम्पर्क अधिकारीको जिम्मेवारी सम्हाली सक्नुभएका ढुंगेललाई चन्द्रगढीमा शनिबार सम्पन्न भएको जेसिजको ४४औँ वार्षिक साधारणसभाले वर्ष २०१८ का लागि अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो । 

यसैगरी कार्यकारिणी उपाध्यक्षमा सिर्जना उप्रेती प्रसाईं र जुनेस राउत सर्वसम्मत निर्वाचित हुनुभएको छ । 

यसैगरी उपाध्यक्षमा क्रमशः खिलाराज पाण्डे, युवराज ढकाल, सविता कोइराला र सविता मैनाली घिमिरेलाई सर्वसम्मत चयन गरिएको भद्रपुर जेसिजले जनाएको छ । 

नेपाल जेसिजका १३९ वटा शाखामध्ये सबैभन्दा बढी सदस्य भद्रपुरमा रहेका छन् ।(रासस) 

यस बिषयमा तपाइको प्रतिक्रिया...!