उपत्यकाभरिबाट उठाइएको न्यानो कपडाले दियो तराइको सितलहर र जाडो पिडितलाई खुसि (फोटो फिचर)

Posted on: 14 Jan, 2018

पुस ३०, काठमाडौँ | तराईमा जाडो र शितलहरले जनजिवन अस्तव्यस्त भएपछी पर्साको पकाहाँ मैनापुर गाउँपालिकाको ४ र ५ नं वडामा न्यानो कपडा वितरण गरिएको छ । 


मैनापुर गाउँपालिकाको ५ नं वडामा रहेका ३३ मुस्लिम परिवार, १४ धोवी परिवार, ८ दुसाद परिवार, ५० चमार परिवार, ८ विन परिवार र केहि गिरी परिवारलाई न्यानो कपडा वितरण गरिएको हो । समृद्ध नेपाल संस्थामार्फत भएको यस कार्यक्रममा जब्स ग्लोबलको बिशेष सहयोग र साझा सबाल डट कमको मिडिया सपोर्ट रहेको थियो । 


विरगन्जबाट करिब ३० किमी टाढा रहेको यो गाउँपालिका भारतसंग सिमाना जोडीएको छ । समान्य फुसको बस्ती रहेको यस वडामा सिमासुरक्षा बल शसस्त्रले समेत न्यानो कपडा वितरणआ बिशेष भूमिका खेलेको थियो । इन्पेक्टर लाप्साङ तामाङले समृद्ध नेपालसंग सहजीकरण गरेर कपडा वितरण गर्न पहल गरेका थिए । सोहि गाउँपालिकाको वडा नं ५ कि कपडा लिन आएकि ६३ बर्षिया जमुना रावत बरैले जाडोले केटा-केटी र बुढापाकाहरुलाईं समस्या भएको र दिनभरी घाम नलाग्ने हुँदा जाडो हुने र  रातमा समेत परालको आगो तापेर बस्नु पर्ने बाध्यता रहेको बताइन ।  ५ नं वडा कै महन्त शाह तेलीले न्यानो  कपडा पाएपछी खुसि हुँदै जाडोमा अलिकति भएपनि राहत पाएको बताए । उनले अहिलेसम्म यहाँ कोहि नआएको र पहिलो पटक जाडोमा कपडा लिएर आएकोले खुशि भएको बताए । 



यहि वडाको शोभा देवि पटेलले पनि कपडा पाएपछि खुशि व्यक्त गर्दै भनिन् ‘बुढा पाका र छोरा छोरीले कपडा पाएर खुशि छौं ।’ यस्ता सोहि गाउँपालिकाको वडा नं ४ का बन्सी मुसहरले भने ‘टेक्ने जमिन छैन । छोराहरु मजदुरी गरेर ल्याएको पैसाले  खान्छौ । जाडोमा कपडा किन्ने कि  पेट भर्ने सधै समस्यामा पर्छौं ।’ वडा नम्बर ४ मा मात्र जाडोले ५ जनाको मृत्यु भईसकेको छ भने जाडोकै कारण केहिलाई अस्पताल पुर्याईएको छ । यहाँका अर्का स्थानीय सुरेश चमारले आफुसंग जमिन नहुँदा पेट भर्नुको समस्या  र लगाउनको समस्या रहने गरेको बताए । 


शशस्त्र प्रहरीबलका इन्पेक्टर तामाङले भने‘यो गाउँपालिकाका ४ र ५ नं वडामा दलितहरुको बस्ती बढी छ । जससंग न जमिन छ । न रोजगारीनै छ । यहाँका जनता शिक्षा र जनचेतनाबाट पनि बन्चित छन् । बिबिध कारण बर्षेनी यहाँ चिसोले धेरै मानिसहरु प्रभावित हुने गरेका छन् । समृद्ध नेपालले यो पटक उक्त ठाउँमा पहिलो चरणमा झन्डै १० हजार कपडा वितरण गरेको छ । संस्थाले काठमाडौँ, भक्तपुर र ललितपुरबाट कपडाहरु संकलन गरि पर्साका सितलहर पिडितहरुलाई सहयोग गरेको हो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!