ट्याक्टरले ठक्कर दिदाँ मोटरसाईकल चालकको मृत्यु

Posted on: 14 Jan, 2018

आभास पौडेल/पुस ३०, कपिलवस्तु । ट्याक्टरले मोटरसाईकललाई ठक्कर दिदा शनिबार साँझ यहाँ एक जनाको मृत्यु भएको छ । 

भैरहवादेखी तौलिहवा आउदै गरेको लु २ त २७२७ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउदै गरेको लु ३२ प ५८१४ नम्बरको मोटरसाईकललाई कपिलवस्तु नगरपालिका–२ जमहर टोलमा ठक्कर दिदाँ मोटरसाईकल चालक रुपन्देही मायादेवी गाँउपालिका–४ मोतिपुर बस्ने वर्ष २५ का रामबोध केवटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट जानकारी आको छ ।

ट्याक्टको ठक्करबाट गंभिर घाईते भएका केवटको अस्पताल ल्याउदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । तिव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले बताएको छ । ट्क्याटर र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!