भाईरल ज्वरोले मगुमा एक जनाको मृत्यु

Posted on: 14 Jan, 2018

नन्द बहादुर रोकाया/पुस ३०, मुगु । मौसमी रुगाखोकि संगैको भाईरल जरोले मुगुमा एक जनाको मृत्यु भएको छ । 

छायाँनाथ रारा नगरपालीका वडा नं ८ भ्यारी गाउँका ४२ बर्षीय  खड्क रावलको रुगा खोकि संगै  भाईरल जरोले शनीबार मृत्यु भएको सोहि वडाका स्थानीय रत्न रावलले  साझाँ सवाललाई लाई जानकारी दिनुभयो । 

उहाँका अनुसार भाईरल जरो रुगा खोकिकै कारणले एकै घरका तिन चार जना बिरामी भएका र भैपरी आउने कुराका धेरै समस्या भएको रावलको भनाई छ  । मुगुमा भाइरल जरोको प्रकोप कायमै रहेको र दुई महिना अघि देखि फैलीएको भाइरल जरोको प्रकोप केहि कम भए पनी पुर्ण रुपमा भने निर्मुल हुन सकेको छैनन । भाइरल जरोकै कारण जिल्लाका बिभिन्न ठाउँमा मान्छेको मृत्यु हुने क्रम जारी रहेको छ ।

मृत्यु हुनेमा बिशेष गरी दमका तथा दिर्ग रोगी भएकाले पनी तेति वास्ता नगरेका कारण भाईरलको प्रकोप मुगुमा कायमै देखिन्छ ।छायाँनाथ रारा नगरपालीकाका देबि प्रसाद रावलका अनुसार गाउँमा बुढो मान्छेको मृत्यु भएको छ कसरी मृत्यु भयो कसैलाई चासो हुदैन युवा अबस्थाको मान्छको मृत्यु भयो  सबै तंरगीत हुन्छन के भयो कसरी मृत्यु भयो अनि खोजि निति हुन्छ  त्यसैले मुगुमा भाईरलको प्रकोप कायमै छ  स्थानीय त्रसित छन  तर पनी सम्बन्धित निकायले चासो नदेखाएको रावलको भनाई छ  । 

यता जिल्ला स्वास्थ्य कार्यलय मुगुका मेडिकल अधिकृत  ज्ञानेश्वर श्रेष्ठका अनुसार भाईरल जरोकै कारण मान्छेको मृत्यु भने  हुदैन अरु मान्छेको तुलनामा  भाईरल जरो आएको मान्छेको रोगप्रतिरोधात्मक क्षमता कम हुने भएकाले त्यसरीनै मृत्यु भएको हुन सक्ने बताउनुभयो । 

भ्यारी गाउँमा मान्छे भाईरलकै कारण मृत्यु भएको खबर त आफुकहाँ नहाएको तर  त्यसका बारेमा खोजि निति गरिने  समेत डा श्रेष्ठको भनाई छ । त्यसैले यस्तो बेला दिर्ग रोगी हरु दम,पिनास का बिरामी हरुले धेरै बाहिर नहिंड्न, बालबालिकालाई सकेसम्म घरमै राख्न तथा अरु सचेतताका उपाय अपनाउन र समस्या भए तुरुन्तै नजिकै रहेका स्वास्थ्य संस्था लगाय जिल्ला स्वास्थ्य कार्यलयमा आई उपचारा गराउन समेत जिल्ला स्वास्थ्य कार्यलय मुगुले सबैमा आग्रह गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!