तेह्रथुममा जेई खोप अभियान चलाइने

Posted on: 26 Apr, 2016

प्रकाश धौलाकोटी/ बैशाख १४, तेह्रथुम । जिल्लामा एक वर्षदेखि पन्ध्र वर्ष मुनिका बालबालिकालाई जापानिज ईन्सेफलाइटिस् (जेई) विरुद्धको खोप दिन अभियान सन्चालन हुने भएको छ । पछिल्लो समयमा जलवायु परिवर्तनका कारण मध्यपहाडी र पहाडी क्षेत्रमासमेत जापानी इन्सिफलाइटिसको प्रकोप देखिन थालेपछि सरकारले यो वर्षबाट यस रोग विरुद्धको खोप लगाउने अभियान सन्चालन गर्न थालकोे जिल्ला स्वास्थ्य कार्यालय तेह्रथुमले जनाएको छ ।

कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै खोप अधिकृत जगन्नाथ दंगालले सरकारी लक्ष्य अनुरुप तेह्रथुम जिल्लामा पनि जेई खोप अभियान सन्चालन हुन लागेको जानकारी दिनुभयो । दंगालका अनुसार तेह्रथुमका दुई नगरपालिका र २१ वटै गाविसमा खोप अभियान अन्तर्गत खोप केन्द्रहरुमा खोप दिइने छ । जसअनुसार कार्यालयले जिल्लाका म्याङलुङ र लालीगुराँस नगरपालिकासहित आङिदम, हमरजुङ, सुदाप, ओख्रे, फाक्चामारा र पन्चकन्या गाविसमा बैशाख २६ देखि ३० गतेसम्म र बाँकी रहेका मोराहाङ, श्रीजुङ, पौठाक, ओयाक्जुङ, जलजले, सिम्ले, ईसिुव, सम्दु, खाम्लालुङ, ईवा, ह्वाकु, छातेढुंगा, चुहानडाँडा र थोक्लुङ गाविसमा जेठ ९ देखि १३ गतेसम्म खोप अभियान सन्चालन हुने अधिकृत दंगालले जानकारी दिनुभयो । एक वर्षदेखि माथि र १५ वर्षमुनिको उमेर समुहका जो कोहीले लगायउनुपर्ने र यो खोप आफ्नो वडाको नजिकको खोप केन्द्रमा गएर लगाउत समेत उहाँले आग्रह गर्नुभएको छ । यो वर्ष पहिलो पटक जिल्लामा अभियानकै रुपमा सन्चालन गरिएको जेई खोप आगामी वर्षबाट नियमित खोपको रुपमा दिइनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!