मुगुमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

Posted on: 14 Jan, 2018

नन्द बहादुर रोकाया/पुस ३०, मुगु । मुगुमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्य भएको छ । 

गमगढी बजारको न्युरोड क्षेत्रमा पार्कीमा राखिएको ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको हो । 

न्युरोडमा पार्कीमा राखिएको भे १ त ७९६८ नम्बरको ट्याक्टरलाई बाटो खुलाउन भन्दै  भे १ त ७२४० का सहचालक डबल बडुवालले चलाई मोडुन खोज्दा ट्याक्टर अनियन्त्रीत भएर पल्टीदा मृत्यु भएको प्रहरीले जनाएको छ । 

छायाँनाथ रारा नगरपालीका वडा नं १० गाँडापानीका गाउँका भे १ त ७२४० नम्बरका सहचालक अन्दाजि २२ बर्षका डबल बडुवालले भे १ त ७९६८ नम्बरको ट्याक्टरमा चालक नभएका बेला ट्याक्टर चलाई बाटो खुलाउन खोज्दा मृत्य भएको जिल्ला प्रहरी कार्यलय मुगुले जनाएको छ ।

सहचाल बडुवाल लाई उपचारका क्रममा जिल्ला स्वास्थ्य कार्यलय लगिएपनी बाटैमा मृत्यु भएको देखिएको जिल्ला स्वास्थ्य कार्यलय मुगुले जनाएको । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!