मुगुमा ट्रयाक्टर दुर्घटनामा परी एकको मृत्यू (तस्बिरसहित)

Posted on: 14 Jan, 2018

दान बहादुर बुढा/पुस ३०, मुगु । मुगुको सदरमुकाम गमगढी बजार न्यूरोटमा ट्रयाक्टर दुर्घटनामा परी एक जनाको मूत्यू भएको छ । 

छायानाथ रारा नगरपालिका २ गमगढी न्यूरोडमा रहेको भे १ त ७९६८ नम्बरको ट्रयाक्टर को चापी नलगाई चालक रुप बहादुर भाम बजारतिर गएको समयमा फरक गाडी तालकको सहचालकले ट्रयाक्टर चलाउन खोज्दा ट्रयाक्टर सडकबाट २ सय मिटर तल खसेको छ । 


ट्रयाक्टर दुर्घटना बेलुकी ५: ३० बजे तिर घटना भएको र सहचालक छायानाथ रारा नगरपालिका १० गाडापानि घर भएको बर्ष अन्दाजि २३को डवल बढुवाल घाईत आस्थामा उपचारको लागी जिल्ला अस्पताल ठिनी मुगुमा उपचारको क्रममा मृत्यू भएको जिल्ला अस्थाई ट्राफीक कार्यालयका प्रहरी प्रहरी हवलदार कुसराज शाहीले जनाएका छन । 

ट्रयाक्टर मालिक छायानाथ रारा नगरपालिका ७ बालै बस्ने तिर्थ बहादुर भामको रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!