दार्चुला: परिवार नियोजनको शिबिरमा हालसम्म ९६ जनाले सेवा लिए

Posted on: 15 Jan, 2018

लोकेन्द्र प्रशाद जोशी/माघ १, दार्चुला । जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाको आयोजना र सुनौलो परिवार नेपाल सिप्पो टु को सहयोगमा सञ्चालीत परिवार नियोजनको स्थाइ बन्ध्याकरण धुम्ती सिबिर धारीमा सम्पन्न भएको छ । 

सनिबार र आइताबार धारी स्वास्थ्य चौकीमा सञ्चालन भएको सिबिरबाट २३ जना महिला र १ जना पुरुष गरि जम्मा २४ जनाले स्थायी बन्ध्याकरण सेवा लिएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका परिवार नियोजन सुपरभाइजर योगेन्द्र ओझाले जानकारी दिनुभयो ।

यसअघि मार्मा गाउपालिकाको  लटिनाथ स्वास्थ्य चौकी, शैल्य सिखर नगरपालीकाको शिखर स्वास्थ्य चौकी, जिल्ला अस्पताल दार्चुला, हिकिला स्वास्थ्य चौकी र धारीमा गरि जम्मा ९६ जनाले सेवा लिएका छन् । 

जसमा १३ जना पुरुषले भ्यासेक्टोमी र ८३ जना महिलाले मिनिल्याप सेवा लिएको ओझाले बताउँनुभयो ।

यसपछि माघ ५ गते धुलिगडा स्वास्थ्य चौकीमा सिबिर सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!