बाढी पीडितका लागि ४९९ टहरा निर्माणहरा निर्माण

Posted on: 15 Jan, 2018


माघ १, मोरङ | साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था सेवा केन्द्र, विराटनगर र ह्यावीटेट फर ह्युमेनिटीज नेपालको संयुक्त साझेदारीमा मोरङ, झापा र सुनसरीमा बाढी पीडितका लागि ४९९ अस्थायी टहरा निर्माण गरिएको छ ।

झापाको क्याम्पमा १३९, मोरङको कटहरीमा ८९, विराटनगर वडा नं १९ मा १५०, इटहरीमा ७१ घरटहरा निर्माण गरिएको साहारा सहकारी संस्थाका प्रमुख घनश्याम अधिकारीले जानकारी दिनुभयो । 

अधिकारीका अनुसार रु एक करोड ७५ लाखमा सो ४९९ टहरा निर्माण भएका हुन् । उहाँले मोर¬ङका केही टहराको निर्माण कार्य पूरा हुन बाँकी रहेकाले निर्माण सम्पन्न भएपछि सम्बन्धीत महानगर र नगरपालिकामार्फत बाढीपीडितलाई चाँडै नै हस्तान्तरण गरिने बताउनुभयो । 

अधिकारीले भन्नुभयो, “ संस्थाले टिनको छाना बाँसको बिम, बाँसको खाँबा र झिक्राको टाटीको प्रयोग गरेर अस्थायी टहरा निर्माण गरेको हो । (रासस) 


यस बिषयमा तपाइको प्रतिक्रिया...!