मोरङ अनलाइन डटकमलाई प्रेस काउन्सिलको २४ घन्टे पत्र, लगत्तै साइट बन्द !

Posted on: 16 Jan, 2018

माघ २, काठमाडौँ | मोरङ अनलाइन डटकमले समाचार सम्प्रेषण गर्दा पत्रकार आचारसंहिता पालना नगरेको भन्दै प्रेस काउन्सिल नेपालले २४ घन्टे पत्राचार गरेलगत्तै मोरङ अनलाइन डटकम नाम गरेको वेवसाइट बन्द गरिएको छ | 

उक्त अनलाइनले पुस २९ गते 'दु:खद खबर: जीप दुर्घटनामा एमाले अध्यक्ष खड्गसहित ५ जनाको मृत्यु' भन्ने शीर्षकमा प्रकाशित संखुवासभाको मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवालसहित ५ जनाको मृत्युको समाचारमा हाल बिदेशमा उपचार र स्वास्थ्य लाभ गरिरहेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष खड्गप्रसाद ओलीको तश्विर प्रयोग गरेको थियो | 


प्रेस काउन्सिलले काटेको पत्रमा उक्त अनलाइनले पाठक बर्गमा भ्रम छर्ने नियतले न्युनतम मानवीय संवेदनाको समेत ख्याल नगरेको भन्दै पत्रकार आचारसंहिता २०७३ को दफा ५ (५), ५(७) बमोजिम उल्लघन भएको स्पष्ट पार्दै २४ घण्टाभित्र यस्तो भ्रमपूर्ण समाचार दिनुको कारण पेस गर्न निर्देशन दिएको हो | उक्त अनलाइनले २४ घण्टाभित्र लिखित कारण दिन नसके प्रचलित ऐन, कानुन एवं पत्रकार आचारसंहिता बमोजिम कारवाही हुने पत्रमा उल्लेख छ |  

प्रेस काउन्सिलको पत्र लगत्तै उक्त साइट बन्द गरिएको छ | उक्त अनलाइनले समाचारमा क्षमा माग्दै समाचार समेत लेखेको थियो तर केहि घण्टा यता वेबसाइटनै बन्द गराईएको छ | 

प्रेस काउन्सिलको पत्र 


यस बिषयमा तपाइको प्रतिक्रिया...!