ईतिहासमै पहिलो पटक बल्यो नवलपरासीको महलपोखरीमा विद्युतीय बत्ती

Posted on: 16 Jan, 2018

माघ २, नवलपरासी । नवलपरासीको सुनवल नगरपालिका ४ पहाडी क्षेत्र स्थित महलपोखरी पहिलो पटक बिद्युतिय बत्ति बालिएको छ । 

अहिलेसम्म त्यहाँ विद्युतको सुविधा नपुगेकाले त्यहाँका बासिन्दाहरु दियो र सोलार प्रयोग गर्दै आएका थिए । नगरपालिकाकै विकट क्षेत्र सुनवल चोकबाट ११ किलोमिटर पहाडको डाँडामा अवस्थित महलपोखरीको अन्धकार हटाउन सुनवल गरपालिकाले हिजो सोमबार साँझ विद्युतको पहुँच पुरयाई सो गाउँलाई उज्यालो बनाएको हो ।


सुनवल नगरपालिका प्रमुख भिम बहादुर थापा क्षेत्रीले विशेष पहल गर्दै नेपाल विद्युत प्राधिकरण शखा परासी र सुनवल संग प्राविधिक सहयोग मागि सो बस्तीमा ईतिहासमै पहिलो पटक विद्युतिय सेवा पुरयाइ गाउँलाई उज्यालो बनाएका हुन् ।

सोमबार विहानदेखि विद्युत प्राधिकरण र नगरपालिकाको प्राविधिक कर्मचारीहरु खटिएर गाउँभरि तार तान्ने, २५ किलोवाटको टरान्सफर्मा जडान गर्ने र प्रत्येक घरधुरीमा मिटर बस्क र विद्युत जडान गर्ने कार्यमा खटेका थिए । 

गाउँमाल प्राविधिक कार्य सम्पन्न भएपश्चात नगरपालिका प्रमुख भिम बहादुर थापा, उप प्रमुख दधिराम अर्याल, सुनवल नगर प्रवक्ता कृष्ण देवकोटा, प्रशासकिय अधिकृत रामलाल श्रेष्ठ, वार्ड नम्बर ४ का वार्ड सदस्य बालकृष्ण पंगेनी, युवा समाजसेवी गोपाल भट्टराई, यज्ञ प्रसाद पौडेल, सन्तोष पौडेल र सुनवल नगरपाकिलाका र विद्युत प्राधिकरणका कर्मचारीहरुको संयुक्त टोलीले महलपोखरी गाउँमा विद्युतीय बल्ब बत्ति बाली विद्युतको उद्दघाटन गरेका थिए ।

महलपोखरीको लामो ईतिहास रहेपनि यसको क्षेत्रको विकासमा सरकारद्धारा कुनै पहल भएको पाइएको छैन । अहिले महलपोखरीमा २३ घरधुरी छ । सो गाउँमा करिब १ सय ५० जनाको जनसंख्या छ । 

गाउँमा कच्ची भएपनि बाटोको व्यवस्था र विद्युतको व्यवस्था भएपछि गाउँबासीहरु खुशी जाहेर गरेका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!