ओखलढुंगाको कटुन्जे पूर्ण सरसफाई उन्मुख वडा बन्यो

Posted on: 16 Jan, 2018

माघ २, ओखलढुंगा । ओखलढुंगाको कटुन्जेलाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको छ । 

सरसर्फाइका सात सुचांङक पुरा गरेपछि साविकको कटुन्जे गाविस हालको सुनकोशी गाउँपालिका ९ र १० नम्बर वडालाई मंगलबार एक कार्यक्रमका बिच पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको हो ।


‘पूरा भयो हाम्रो रहर,अब छैन रोगव्याधीको डर’ भन्ने मूलनाराका साथ कटुन्जेलाई पूर्ण सरसफाई वडा घोषणा गरिएकोे हो । वडा अध्यक्ष अध्यक्ष झनक कुमार कार्कीको अध्यक्षता तथा भूपु गाविस अध्यक्ष टंकलाल गिरीको प्रमुख आतिथ्यमा भएको एक कार्यक्रमको बिच वडालाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको हाम्रा स्थानीय संवाददाताले जनाएका छन् । 

वडा भित्रका ९ सय ७१ घरधुरी मध्ये ७ सय ९१ स्वास्थ्य घर, १ सय ८८ घर स्वास्थ्य उन्मुख घर र २ घर अस्वास्थ्य घरधुरीको रुपमा छुट्याएर सरसफाई उन्मुख वडा घोषणा गरिएको हो ।


प्रमुख आतिथी भूपु गाविस अध्यक्ष गिरीले सरसफाई मानिसको दैनिक जीवनमा आवश्यक पर्ने भएकाले यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । वडा भित्रका सबै गाउँबस्ति र घरघरमा सरसफाईको सुचक पुरा भएको सुनिश्चित भएपछि पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको वडा अध्यक्ष कार्कीको भनाई छ ।

समुदायको आवश्यकता र समयको मागका आधारमा वडाले अघि बढाएका योजनाहरु अनुरुप कामहरु निरञ्तर गर्ने कटुञ्जेका जनप्रतिनिधिहरुले प्रतिवद्धता समेत व्यक्त गरेका छन् । जिल्लामा यस अघि चिशंखुगढीको पोखरेलाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको थियो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!